नबिल बैंकमा एक करोड ३४ लाख चोरी गर्ने चार जना पक्राउ

काठमाडौं । वीरगञ्जस्थित नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख नोट चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । बैंकबाट सोमबार बेलुका चोरी भएको थियो ।
पर्सा प्रहरीले रौतहटमा सञ्जय जैसवाल, छोटेलाल जैसवाल , मण्टु पासवान लगायतलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु केही पहिला पनि जेल बसेर छुटेका व्यक्ति हुन् ।
बैंकको गेटको ताला फुटाई फल्ट समेत फुटाएर पैसा चोरी भएको हो । घटनाको अनुसन्धान भइरहेको डिएसपी कुमार बिक्रम थापाले बताए ।
घटनाको अनुसन्धान जारी नै रहेकाले प्रहरीले विस्तृत विवरण गोप्य राखेको छ।
प्रतिक्रिया