विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
एजेन्सी । एसियाली विकास बैंक (एडिबी) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा ६० वर्ष वा सोभन्दा माथिका मानिसको संख्या सन् २०५० सम्ममा झण्डै दोब्बर पुग्ने अनुमान गरेको छ ।
आगामाी दिनमा वृद्धवृद्धाहरूको स्वास्थ्य सेवा र हितलाई सघाउन व्यापक नीतिगत सुधारमा तुरुन्तै लाग्न पनि प्रतिवेदनले सुझाएको छ । ‘“एशिया र प्रशान्तको तीव्र विकास एक सफलताको कथा हो, तर यसले ठूलो जनसाङ्ख्यिकीय परिवर्तनलाई पनि उत्प्रेरित गरिरहेको छ, र दबाब बढिरहेको छ ।’’ एडीबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले भनेका छन् ।
प्रतिवेदनले यस क्षेत्रका धेरै वृद्धवृद्धाहरूसँग बाँच्नका लागि सेवा निवृत्तिको उमेर नाघेपछि पनि काम गर्नुको विकल्प नभएको उल्लेख गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया