चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा
एजेन्सी । चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका तीन लाख ९२ हजार गरी कूल पाँच लाख ४४ हजार अपाङ्गता भएका व्यक्तिले रोजगारी पाएको चिनियाँ अपाङ्गता व्यक्ति महासङ्घले जनाएको छ ।
सन् २०२३ मा चीनमा नौ लाख ६० हजार प्रमाणित अपाङ्गता भएका व्यक्ति विभिन्न प्रकारका रोजगारीमा संलग्न रहेका थिए । यसमा सरकारको सहयोगमा रोजगारी, स्वरोजगार, आंशिक समयका लागि रोजगारी र सरकारले उपलब्ध गराएको जन कल्याणकारी रोजगारीहरू समावेश छन् ।
यीमध्ये झण्डै आधा व्यक्ति कृषि उद्योगको खेती, प्रजनन र प्रशोधन क्षेत्रमा कार्यरत रहेको महासङ्घले जनाएको छ । महासङ्घले चीनभरका अधिकारी र संस्थाहरूले सन् २०२३ मा ग्रामीण क्षेत्रहरूमा कठिनाइमा बस्ने दुई लाख ५९ हजार अपाङ्गता भएका व्यक्तिलाई व्यावहारिक सीप तालिम प्रदान गरेको छ ।
सन् २०२३ मा चीनभर ११ हजार तीन सय ९३ दृष्टिविहीन व्यक्तिले गैर–मेडिकल मसाजर (मालिस गर्ने व्यक्ति) बन्नका लागि प्रशिक्षण प्राप्त गरेको र नौ हजार नौ सय ७० व्यक्तिले मेडिकल मसाजर बन्न तालिम प्राप्त गरेको महासङ्घले जनाएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया