NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

प्रहरीका एसपीले गुप्तचरकी श्रीमती ताकेपछि..

काठमाडौं । जिल्ला प्रहरी कार्यालय,इलामका एसपी वासुदेव खतिवडा व्यक्तिगत आचरणको आधारमा कारण कारबाहीमा परेको खुलेको छ । उनलाई जिल्ला इन्चार्जबाट हटाइएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इलामकै कार्यरत एक महिलासँगको सम्बन्धका विषयमा उजुरी परेपछि उनलाई हटाइएको हो । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)मा कार्यरत एक कर्मचारीको श्रीमतीसँग उनको सम्बन्ध देखिएपछि ती कर्मचारीले उजुरी गरेका थिए । सोही आधारमा खतिवडालाई हटाइएको हो । एसपी खतिवडा अत्याधिक मदिरा पिउने अधिकृतका रुपमा पनि बदनाम छन् ।
इलाममा एसपी प्रभु ढकाललाई पठाइएको छ ।