कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हालमा आज बस्ने भनिएको उक्त बैठक पूर्वमन्त्री, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको हो ।
उनको यही वैशाख २५ गते निधन भएको हो । गुरुङको आज अन्त्येष्टि गरिने हुँदा बैठक स्थगित गरिएको कांग्रेस संसदीय दलले जनाएको छ । स्थगित संसदीय दलको बैठक यही वैशाख २८ गते बिहान ८ः३० बजे बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हलमा बस्ने तय भएको छ ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया