NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

भारतीय सैनिकले छाडे माल्दिभ्स, गैरसैनिक प्राविधिक भने रहने

काठमाडौं । माल्दिभ्समा तैनाथ भारतीय सेना त्यहाँबाट फिर्ता भएको छ । माल्दिभ्स सरकारको तीव्र चासो र आग्रहबीच भारत सरकारले त्यहाँबाट सेना फिर्ता बोलाउने कदम उठाएको हो ।

माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित भएपछि मोहम्मद मुइज्जुले भारत सरकारसमक्ष आफ्नो देशबाट सेना फिर्ता गर्न निर्देशन दिएका थिए । त्यसका लागि उनले मार्च १० देखि मे १० सम्मको समयसीमा नै तोकेका थिए । माल्दिभ्सबाट सेना फर्काउन सकारात्मक देखिएको भारतले त्यहाँका विदेशमन्त्री मूसा जमिर आफ्नो देशको भ्रमणमा रहेकै बेला सेना फिर्ता गर्ने निर्णय गरेको हो ।

भारतको विदेश मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी माल्दिभ्समा रहेका आफ्ना सेना फिर्ता गरिएको जनाएको छ ।

माल्दिभ्सका तीन विमानस्थलका साथै हिन्द महासागरको निगरानीका लागि भारतले त्यहाँ आफ्ना सैनिक खटाउँदै आएको थियो । पछिल्लो पटक त्यहाँ ८८ भारतीय सैनिक तैनाथ थिए ।

सैनिक फिर्ता भए पनि भारतका गैरसैनिक प्राविधिक भने यथावत् रहनेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष