शवदाह खरिदमा भ्रष्टाचारको आरोपपछि सुदन किराँतीले बुझाए छानविनका लागि निवेदन
काठमाडाैं । माओवादी केन्द्रका सांसद एवं पूर्व संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले आफूलाई आर्यघाटको शवदाह खरिदमा भ्रष्टाचारको आरोप लागेपछि छानविनका लागि निवेदन दिएका छन् ।
आइतबार संस्कृति तथा पर्यटनमन्त्री हितबहादुर तामाङलाई निवेदन दिँदै पूर्वमन्त्री किँरातीले केही सञ्चार माध्यमले निःशूल्क शवदाह सञ्चालन गर्न आफ्नो कार्यकालमा सुरु गरेपनि केही सञ्चारमाध्यमले भ्रम फैलाएको भन्दै तत्काल छानविन समिति गठन गरेर दुधको दुध पानीको पानी गरी सत्यतथ्य सार्वजनिक गर्न जोडदार माग गरेका छन् ।
उनले शवदाह प्रकरणमा आफूले भ्रष्टाचार नगरेको दावी गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया