५६ वटा बैैंक खातामा दुई अर्बको कारोबार

काठमाडौं । विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन वानएक्स बेट, जुवा ३६५, क्रिप्टो मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्नेर गराउनेमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका(८ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–२ बस्ने २४ वर्षीय अनिल ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ढुंगानाले विभिन्न ब्यक्तिहरूको नाममा रहेका मोबाइल नम्बरहरूबाट ११ वटा कनेक्ट आइपिएस एकाउन्ट, १५ वटा इसेवा वालेट एकाउन्ट लगायतका एकाउन्टहरूमा लिंक अप भएका ५६ वटा बैंक खाताबाट हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार १ सय २ रूपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । सट्टेबाजी गर्नरगराउन प्रयोग भएका ल्यापटप १ थान, मोबाइल ६ थान, वाइफाइ राउटर १ थान, सिमकार्ड ३८ थान, एटिएम कार्ड ५ थान, चेकबुक १६ थान, भारतीय आधारकार्ड १ थान, भारतीय प्यान कार्ड १ थान लगायत अन्य कागजातहरू समेत प्रहरीले बरामद गरेको छ ।
ताजा अपडेट
-
कुलमान हटाउने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन
-
कुलमान बर्खास्तीको चौतर्फी विरोध, कांग्रेसका महामन्त्रीद्वय पनि साखुल्य
-
संघ सरकारसँग फेरि रिसाए बालेन, टुकुचामा गाडिदिने धम्की
-
वीरगञ्जमा नयाँ वर्षमा ‘रात्रि बजार’ सञ्चालन हुने
-
बाँदरले सताएपछि उपभोक्ताले मागे भरुवा बन्दुक
प्रतिक्रिया