नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन कांग्रेस सहमत, सरकारलाई राहत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन सहमत भएको छ ।
मंगलबार सिंहदरबारमा सुरु कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने सहमति गरेको हो ।
कांग्रेसका एक नेताले सिंहदरबारमा अहिले चलिरहेको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने मोटामोटी सहमति बनेको जानकारी दिए ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि संसदमा यसमाथिको छलफललाई भने अघि बढ्न नदिने रणनीति कांग्रेसले तय गरेको छ ।
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेकाले यसमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेर कांग्रेसले संसद् अवरोध गरेपछि मंगलबारको नीति तथा कार्यक्रमको प्रस्तुति के हुने भन्ने अन्योल सिर्जना भएको थियो । कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएर यससम्बन्धी छलफलमा अवरोध गर्ने निर्णय गरेसँगै सरकारलाई भने तत्कालका लागि राहत मिलेको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया