NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले १६ वर्षमै पेन्सन पाउने

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले अब १६ वर्षको जागिर अवधिमै पेन्सनको सुविधासहित स्वेच्छिक अवकाश पाउने भएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यससम्बन्धि सुविधा दिने उल्लेख छ । नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि पुनरावलोकन गर्ने उल्लेख गरिएको छ । जसअनुसार न्यूनतम पेन्सन अवधिलाई २० वर्षबाट १६ मा झार्न लागिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्री रवि लामिछानको योजना अनुसार अघि बढाउन लागिएको हो ।
नीति तथा कार्यक्रमको बुँदा नम्बर १८० मा भनिएको छ,‘सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइनेछ ।’ गृहमन्त्री लामिछानको सचिवालयका अनुसार न्यूनतम पेन्सन अवधि घटाउन कानून संशोधन प्रक्रिया अघि बढीसकेको छ।

ताजा अपडेट

नेपालवाच विशेष