सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घराज सोडारीले आज विश्वासको मत लिने भएका छन् ।
कांग्रेससँगको गठबन्धन टुटेर एमालेसहितको नयाँ समीकरण बनेपछि यी दलको समर्थनमा नेकपा एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उनले बिहीबार कठ्घरामा उभिन लागेका हुन् ।
बिहीबार बिहान १० बजेका तय प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची तय भएको सुदूरपश्चिम प्रदेशसभा सचिवालयले जनाएको छ ।
सोडारीले यसअघि नै प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेकोमा एमालेले अरुचि देखाएपछि रोकिएका थिए । यस पटक भने एमालेले सोडारीलाई विश्वासको मत दिने भएको छ ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिने भए पनि एमाले तत्काल सरकारमा भने सामेल नहुने भएको छ ।
सुदूरपश्चिम प्रदेशसभामा सत्तासाझेदार दलको स्पष्ट बहुमत भएकाले उनले विश्वासको मत पाउने करिब पक्कापक्कीजस्तै छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया