पैसाको इतिहास

काठमाडाैं । आजको समयमा पैसा बिना बाँच्न लगभग असम्भव छ । सडकमा मागेर गुजारा चलाउने हुन् कि महलमा बस्ने अर्बपति, सबै पैसाकै पछि दौडिएका छन्। यति महत्पपूर्ण पैसा कहाँ र कहिलेबाट बन्न सुरु भयो भन्ने जिज्ञासा धेरैको मनमा हुनु स्वाभाविक छ ।
पैसाको सुरुवात नहुँदा वस्तु तथा सेवाको साटासाट गरेर मानिसहरु जीविका चलाउथे। अंग्रेजीमा बार्टर सिस्टम भनिने साटासाट प्रणाली धेरै झंझटिलो भएकाले त्यो झंझटबाट पार पाउन मानिसले पैसाको आविष्कार गर्यो । पैसाको इतिहास अध्ययन गर्दा धातु पैसाको शुरुवात आजको इराकमा पर्ने बेबिलोन भन्ने ठाउँमा ४ हजार वर्ष पहिले भएको मानिन्छ। इतिहासका भिभिन्न कालखणडमा विभिन्न देशमा धातु, छाला, सिपि आदिलाई पैसाको रुपमा प्रयोग गरेको पाईन्छ। विश्वको पहिलो सिक्का २६०० बर्ष पहिले चिनबाट शुरुवात भएको मानिन्छ।
पुरातत्वविद्हरुले उत्खनन गर्दा चीनको हेनान प्रान्तमा रहेको Guanzhuang सहरमा प्राप्त टक्सारका आधारमा सिक्काको सुरुवात भएको भनिन्छ । संसारमा पहिलो कागजी नोट पनि १,००० वर्ष अघि चीनमा नै सम्राट Zhenzong को पालामा शुरुवात भएको पाईन्छ । नेपालमा चाहि १५०० वर्ष पहिले राजा मानदेवले सिक्का प्रचलनमा ल्याएका थिए ।
नेपालमा कागजी नोटको प्रचलन भने ७९ वर्ष अघि मात्र बि।स।२००२ बाट शुरुवात भएको देखिन्छ। नेपाल राष्ट्र बैंकको स्थापना हुनु अघि नेपाली नोट जारी गर्ने जिम्मेबारी सदर मुलुकीखानाले पाएको थियो। विसं २०१६ बाट भने नेपालमा पैसाको निस्कासन र ब्यबस्थापनको पुर्ण जिम्मेवारी नेपाल राष्ट्र बैंकले पायो। हाल सम्म कागजी नोट र बिभिन्न धातुको सिक्का निश्कासन र ब्यबस्थापनको कार्य गर्दै आएको राष्ट्र बैंकले केहि देशहरुमा भर्खर शुरुवात भएको डिजिटल मुद्रा जारी गर्ने तर्फ पनि अध्ययन अघि बढाएको छ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया