खराब मौसमले श्रीलंकामा दश हजारभन्दा बढी प्रभावित

एजेन्सी । तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलंकामा दश हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएको श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले बताएको छ ।
केन्द्रका उपनिर्देशक तुसिथा वैद्यरत्नले सोमबार भने, “भारी वर्षा र प्रतिकुल मौसमका कारण सोमबार बिहानसम्म तीन हजार ५१८ परिवारका १० हजार २९९ जना प्रभावित भएका छन् ।”
मौसमी प्रतिकुलताका कारण केही व्यक्ति घाइते भएका र केही घरमा आंशिक क्षति भएको वैद्यरत्नले बताए । घाइतेहरूको उपचारका लागि स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दक्षिणपश्चिम मनसुन सुरु भएको कारण भारी वर्षा र तीव्र हावा आएको जनाउँदै मौसम सुधार हुन अझै केही समय लाग्ने उनले बताए ।
यसैबीच, श्रीलंकाको केन्द्रीय मौसम विभागले यस हप्ता धेरै जिल्लाहरूमा १०० मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताएको छ ।
ताजा अपडेट
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
-
रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न माओवादीद्वारा सरकारको ध्यानाकर्षण
प्रतिक्रिया