कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : उपाध्यक्ष पौडेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्षले विष्णुप्रसाद पौडेलले लोकतान्त्रिक अभ्यासको अनुसरण गरी संसद्को गतिरोध अत्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मतका लागि गरेकाे प्रस्तावको समर्थन गर्दै पौडेलले मुलुकमा राजनीतिक स्थिरताका लागि संसद्को गतिरोध अन्त्य हुनुपर्ने बताएका हुन् ।
“राजनीतिक स्थिरता कायम गर्दैै मुलुकलाई गति दिन सरकारलाई साथ दिन सबै दलहरुलाई म आग्रह गर्दछु । नेपाली कांग्रेसले आफ्नो भूमिकालाई पुनर्विचारसहित लोकतान्त्रिक अभ्यास अनुसरण गरेर अघि बढ्न आह्वान गर्दछु”, उनले भने ।
अहिलेको सरकारले सुशासन प्रत्याभूतिको सन्देश दिएको, नागरिक तहमा रहेको निरासा चिरेको र पछिल्ला प्रयासबाट आशाको सञ्चार हुँदै गएको पौडेलले दाबी गरे।
सहकारी संस्थाहरुको रकम हिनामिनाका सन्दर्भमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्मा विरोध जनाउँदै आएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया