NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २ गते

समुदाय र विद्यालयको सम्बन्ध कसरी बलियो बनाउने ? 

काठमाडौं । किड्स अफ काठमाडौंका निर्देशक भुषण दाहाललाई समुदाय र विद्यालयको सम्बन्ध कसरी राम्रो हुन्छ भन्ने प्रश्नले खुब सतायो । यहि प्रश्नको खोज्ने रुची यति बढेर आयो कि, यहि विषयमा पढ्न उनी अमेरिकाको फ्लोरिडा युर्निभसिटि पुगे । फ्लोरिडा युर्निभसिटिमा एजुकेसन लिडरसिप एण्ड पोलिसि अर्थात शिक्षाको नीति र नेतृत्व विषमा अहिले उनी पिएचडि गर्दै छन् ।

दाहाललाई शिक्षा क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच पहिलेबाटै थियो । यहि सोचलाई सार्थकता दिने उद्देश्यले उनी किड्स अफ काठमाडौंमा जाेडिए ।  शिक्षा क्षेत्रकै लागि काम गर्दै आएको किड्स अफ काठमाडौंले  सन् २०१० देखि नेपालका विशेषगरी सरकारी र ग्रामिण क्षेत्रका विद्यालयहरुमा चाहिने भौतिक पूर्वाधारहरु निमार्ण गर्छ ।

विद्यार्थीको आवश्यकता हेरी विद्यालयको स्तरनोन्नतीका साथै फर्निचर, कम्प्युटर ल्याब, पुस्तकालय, खानेपानीलगायत विद्यालयमा आवश्यक पूर्वाधारहरु यो संस्थाले निमार्ण गर्दै आइरहेको छ । अहिलेसम्म संस्थाले ६ वटा स्कुल बनाइसकेको छ भने ४ वटा निर्माण चरणमा छन् ।

नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको नयाँ श्रृंखलामा किड्स अफ काठमाडौंको काम, उदेश्यलगायत विविध विषयमा प्रस्तोता नरोत्तम अर्यालले दाहालसँग कुराकानी गरेका छन् ।

हेरौं कुराकानीको पूरा अंक : 

 

ताजा अपडेट

नेपालवाच विशेष