नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । यो सातामा कारोबारको पहिलो दिन आज नेप्से परिसूचक २२ दशमलव १४ अंकले घटेर दुई हजार एक सय नौ दशमलव ३४ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १५ कम्पनीको एक करोड १० लाख ४४ हजार चार सय ८५ कित्ता शेयर ७० हजार पाँच सय ८६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ४४ करोड १५ लाख ३८ हजार चार सय ७१ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि कूल बजार पुँजीकरण रु ३३ खर्ब ४४ अर्ब ७९ करोड ७६ लाख ३९ हजार पुगेको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह तीन दशमलव ३७ र म्युचुअल फन्ड शून्य दशमलव २१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव १९ र जलविद्युत् समूह एक दशमलव ६२ प्रतिशतले घटेको छ ।
कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ३६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु १५ करोड ६६ लाख १३ हजार आठ सय ३३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने रिडी पावर कम्पनी लिमिटेडको चार लाख २६ हजार आठ सय ९६ कित्ता शेयर किनबेच भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया