NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

आर्थिक वर्ष ०८१/८२ को बजेट भाषण [लाइभ]

काठमाडौं । सरकारले आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गरिरहेको छ ।

संघीय सदनको दिउँसो ३ बजेबाट सुरु संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको अनुमानित आय/व्यय विवरण प्रस्तुत गरिरहेका हुन् ।

यसअघि मन्त्री पुनले अर्थ मन्त्रालयले तयार गरेको बजेट मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेका थिए । त्यसलाई केहीअघि बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेपछि उनले त्यसलाई संसदमा प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री पुनले यस वर्ष १९ खर्ब रूपैयाँ हाराहारीको बजेट तयार गरेको बताइएको छ । विज्ञहरूले १७ खर्ब नबढाइकन बजेट ल्याउन सुझाए पनि अर्थमन्त्रीले त्यसलाई नाघेर बजेट ल्याएका हुन् ।

कतिपय पपुलिस्ट कार्यक्रम समावेश गर्दा बजेटको आकार केही ठूलो हुन पुगेको बताइएको छ ।

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षलाई अर्थतन्त्र सुधारको वर्ष घोषणा गरे ।

 

ताजा अपडेट

नेपालवाच विशेष