आगामी आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोड
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँको बजेट ल्याएको छ ।
सरकारले चालु आर्थिक वर्षकोमा बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याएको हो ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिए ।
पुँजीगततर्फ सरकारले ३ खर्ब ५२ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ ।


प्रतिक्रिया