NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत ६ गते
बजेटमा स्वास्थ्य

अंक बढ्यो, कार्यक्रम र लक्ष्य पुरानै

काठमाडौं । आगामी आर्थिक वर्ष ०८१/०८२ को बजेटमा स्वास्थ्य क्षेत्रमा पुरानै योजना समेटिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा ०८१ /०८२ को लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन भएको छ । अघिल्लो पटक ८३ अर्ब ९९ करोड बजेट स्वास्थ्यमा छुुट्याइएकोमा यस वर्ष यो अंक थोरैले वृद्धि भएको हो ।

आव ०८१/०८२ को बजेटमा सरकारले आधारभूत अस्पताल निर्माणका लागि १५ अर्ब ४१ करोड विनियोजन गरेको छ । सरकारले आधारभूत तथा अत्यावश्यक उपचार सेवालाई सधैंझै सर्वसुलभ र निःशुल्क गर्ने घोषणा गरेको छ । ०८०/८१ को बजेटमा पनि सरकारले यसलाई समेटदै आधारभूत स्वास्थ्य सेवालाई सर्वसुुलभल र गुणस्तर बनाइने घोषण गरेको थियो ।

निःशुल्क औषधिको बजेट पनि बढ्यो

सरकारले आधारभूत स्वास्थ्य केन्द्र र अस्पतालबाट ९८ प्रकारका औषधि तथा खोप, प्रजनन साम्रगी निःशुल्क उपलब्ध गराउने लक्ष्यसहित १ अर्ब ४३ करोड रकम विनियोजन गरेको छ । यसअघि ८०/८१को बजेटमा पनि सरकारले देशभरका ६ हजार ७४३ वडाका आधारभुूत स्वास्थ्य केन्द्रबाट ९८ प्रकारको औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने लक्ष्य लिएको थियो । त्यसको लागि सरकारले एक अर्ब २८ करोड छुुट्याएको थियो ।

उपचार अनुदानलाई निरन्तरता

सरकाले क्यान्सर, मेरुदण्ड र पक्षघातलगायत रोगको उपचार, मृर्गौला प्रत्यारोपण र डायलासिस सेवा लिइरहेका बिरामीलाई औषधि उपचार खर्चबापत दिँदै आएको मासिक पाँच हजारलाई निरन्तरता दिएको छ । सम्बन्धित व्यक्तिको खातामा नै यस्तो रकम जम्मा गर्ने व्यवस्था मिलाएको सरकारले कुल दुई अर्ब रूपैयाँ विनियोजना गरेको छ ।

जलन उपचारका लागि वीरमा आधुनिक कक्ष

सरकारले वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुुनिक कक्ष विस्तार गर्ने लक्ष्य लिएको छ । यसअघिको बजेटमा पनि सरकारले वीर अस्पतामा रहेको वर्न युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न वर्न सेन्टर बनाउने घोषणा गरेको थियो ।

बजेट भाषणमा मात्र सीमित यो कार्यक्रमलाई यस पटक पनि कपी पेस्ट् गरेर अर्थ मन्त्रीको बजेट भाषणमा घुसाइएको छ ।

सरकारले यो आर्थिक वर्षमा पनि आत्महत्या र मानसिक स्वास्थ्य समस्या निराकणसम्बन्धी सेवा विस्तार गर्न मानसिक अस्पताल, पाटनको क्षमता अभिवृद्धि गर्ने घोषणा गरेको छ ।

योसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गर्ने लक्षय लिएको छ ।

आव ८०/८१ को बजेटमा पनि सरकारले मानसिक रोग अस्पतालको क्षमता विस्तार गर्ने लक्ष्य लिएको थियो ।

स्वास्थ्य बीमाको लक्ष्य पनि उस्तै

सरकारले स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा आमनागरिकको पहुँच सुनिश्चित गर्ने, स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाबीचको दाहोरोपन हटाउने घोषणासमेत गरेको छ । यसका निम्ति ७ अर्ब ५० करोड रूपैयाँ सरकारी ढुकुटीबाट खर्च गरिने भएको छ ।

आव ०८०/८१ को बजेटमा पनि सरकारले यो महत्त्वकांक्षी लक्ष्य लिएको थियो । तर स्वास्थ्यका अन्य कार्यक्रमको जस्तै यो पनि कागजमा मात्र सीमित भयो ।

‘सरकारी, सामुुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञचालन गरिने तथा स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाका बीच दोहोरोपन नहुने गरी चालु आर्थिक वर्षभित्रै कार्यविधि तर्जुमा गरिनेछ,’ चालु आवको बजेटमा भनिएको थियो ।

अन्य के–के छन् स्वास्थ्यमा बजेट ?

सरकारले आगामी आर्थिक वर्षको बजेटमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न हरेक वडामा एक आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्‍चालन गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै, निर्माण सम्पन्न भएका पाँच, दश र पन्ध्र शय्याका आधारभूत अस्पतालको विधि तय गरी सञ्‍चालन गरिने र निर्माणाधीन अस्पतालको निर्माण कार्य सम्पन्न गरिने घोषण गरेको छ । यसका लागि १५ अर्ब ४१ करोड बजेट सरकारले छुुट्याएको छ ।

त्यस्तै, विपन्न नागरिकलाई मुुटु मृगौला, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमियाको उपचार सहुुलियतलाई निरन्तरता दिएको छ । यसका लागि सरकारले ३ अर्ब विनियोजन गरेको थियो । यो बजेट ८०/८१ को भन्दा ५० करोडले बढी हो । ८०/८१ मा सरकारले २ अर्ब ५० करोड विनियोजन गरेको थियो ।

त्यस्तै, सरकारले ८ प्रकारका कडा रोगलाई १ लाख बराबरको तीन अर्ब बजेट विनियोजन गरेको छ । आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमअन्तर्गत तीन अर्ब ६ करोड रूपैयाँ खर्च गरिने लक्ष्य राखिएको छ ।

त्यसैगरी, काठमाडौं विश्वविद्यालयअन्तर्गत रहने गरी सीता दाहाल मेमोरियल कलेज अफ नेचुुरोपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना गर्ने घोषणा पनि सरकारले गरेको छ । त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले रकमसमेत व्यवस्था गरिएको अर्थमन्त्री पुनले बताए । सीता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी हुन् । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।० बाट ग्रसित सीताको गत असार २७ गते निधन भएको थियो । कतिपयले आफ्नै हात जगन्नाथ गरेर प्रधानमन्त्रीले बजेटमा पत्नीको नाम घुसाएको भन्दै यसको आलोचनासमेत गरिरहेका छन् ।

भेरी अस्पतालाई सिकलसेल एनिमिया केन्द्रको रूपमा विकास गर्नेलगायत लक्ष्य पनि सरकारले बजेटमा राखेको छ ।