NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ९ गते

ब्याज दर घटाउने कसरतमा इसिबी

जर्मनी । युरोपेली केन्द्रीय बैङ्कले बिहीबार लगभग पाँच वर्षसम्म नघटी उच्च रेकर्डमा पुगेको ब्याज दर घटाउन सुरु गर्ने अपेक्षा गरिएको छ । तर अस्थिर मुद्रास्फीतिका कारण यो विषय अनिश्चित छ ।

बढ्दो ऊर्जा र खाद्य लागतलाई नियन्त्रण गर्न सन् २०२२ को मध्यमा सुरु गरिएको युरो क्षेत्र दर वृद्धिको उच्चतम विन्दुपछि मुद्रास्फीति बिस्तारै इसिबीले लक्ष्य राखेजस्तै दुई प्रतिशततिर तल झर्दै गइरहेको छ ।

ब्याजदरहरू अक्टोबरदेखि स्थिर छन् तर यूरोपेली केन्द्रीय बैङ्कले कर्जामा एक चौथाइ र निक्षेपको ब्याज दरलाई तीन दशमलव ७५ प्रतिशत कायम गरिने जनाएको छ ।  यस कदमले आक्रामकरूपमा दरहरू बढाएको युएस फेडरल रिजर्भबाट इसीबी अलग हुने आङ्कलन गर्न सकिन्छ ।

“इसीबी आफ्नो नीतिगत दरहरू कटौती गर्न प्रतिवद्ध छ । यो कदम लामो समयदेखि बजारमा टेलिग्राफ गरिएको छ”, पिक्टेट वेल्थ म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री फ्रेडरिक डुक्रोजेटले भने ।

सन् २०२२ मा रूसले युक्रेनमा गरेको आक्रमणसँग सम्बन्धित आपूर्ति शृङ्खलाको समस्याबाट मुद्रास्फीति बढेपछि इसीबीले लगातार १० पटकसम्म बैंकको दरहरू वृद्धि गरेको थियो ।

सन् २०२२ को अन्त्यमा १० प्रतिशतभन्दा माथिको विन्दुबाट सुस्त हुँदै गएको उपभोक्ता मूल्यमा वृद्धि भए पनि मुद्रास्फीति इसीबीको लक्ष्यमा ल्याउन गाह्रो साबित भइरहेको छ । युरो प्रयोग गर्ने २० देशमा मेदेखि मुद्रास्फीति बढेको गत हप्ताको तथ्याङ्कले देखाएको छ ।

आर्थिक मन्दीबाट बाहिर आएपछि युरो क्षेत्रको अर्थतन्त्र पनि पहिलो त्रैमासिकमा अपेक्षा गरिएभन्दा तीव्र गतिमा बढेको छ । यद्यपि अमेरिकी अर्थतन्त्रको बलियो वृद्धिको तुलनामा यो अझै सुस्त छ ।

इसीबीकी अध्यक्ष क्रिस्टिन लेगार्डले आफ्नो बैठकपछिको पत्रकार सम्मेलनमा कटौतीको गतिको बारेमा कुनै मार्गदर्शन प्रदान गर्नुहुने छ वा छैन भनी लगानीकर्ताले ध्यान केन्द्रित गरिरहेका छन् ।

केन्द्रीय बैङ्कले बिहीबार वृद्धि र मुद्रास्फीतिका लागि आफ्नै अद्यावधिक पूर्वानुमान पनि जारी गर्नेछ ।