पहिरोले पुरिँदा मृत्यु

लमजुङ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ ।
आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए । गम्भीर घाइते चालक तामाङको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । सो आयोजनाको ४२ दशमलव ६० मेगावाट क्षमता रहेको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया