NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ६ गते

सुदुरपश्चिम प्रदेशमा श्रमाधान रोजगार मेला सुरु

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात वटै प्रदेशमा संचालन गरिरहेको श्रमाधान रोजगार मेला सुदुरपश्चिम प्रदेशमा आइतवारबाट सुरु भएको  छ । मेलाको उद्घाघाटन गदै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्यमशिलता र रोजगारीको लागि अहिले अति  आवश्यक रहेकाले मेलाले रोजगार दाता र रोजगारी खोज्ने बीच समन्वय कायम गर्ने विश्वास व्यक्त गरे । मेलाले स्वदेशमा रोजगारीको अवसर सिर्जना गरी आवश्यक जनशक्ति तयार गर्न कोशे ढुंगा सावित हुने उनको भनाई छ । निजी क्षेत्र  तथा सरकार मातहतका निकायहरुले एउटै थलोमा बसेर रोजगार सम्बन्धी सम्पुर्ण जानकारी लिन र दिन सक्ने मन्त्री भण्डारीले बताए ।

मन्त्री भण्डारी भने सातै प्रदेशमा बिजनेस इकुमेशन सेन्टर संचालन गरी स्टार्ट अप व्यवसायलाई अघि बढाइने छ । ‘बैदेशिक रोजगारीबाट फर्केका, पिछडिएका वर्ग अपागता भएकालाई उद्यमशीलतामा सहभागी गराउने सरकारको लक्ष्य छ,’ मन्त्री भण्डारीले भने । मेलाले निरन्तरता पाउने र उद्योग मन्त्रालय पनि श्रम मन्त्रलयसंग समन्वयन गरी आगामी दिनमा अघि बढ्ने धारणा व्यक्त गरे । साथै आन्तरिक पूजी र उत्पादन बृद्धि गर्न सके रोजगारीका अवसर जुट्ने उनको सुझाव छ ।

उद्घाघाटन समारोहमा बोल्दै सुदुरपश्चिम प्रदेशकी भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री टीका थापाले रोजगारीको अवसर जुटाउन मेलाले महत्वपुर्ण हुने धारणा राखिन । यस्ता रोजगार मेृला बर्षेनी आयोजन  गर्न आवश्यक रहेको उनको भनाई थियो । युवाहरु वैदेशिक रोजगारीस्मा जानेक्रम बढेको अवस्थामा जमिन जग्गाहरु बाझो रहेकाले सरकारले किसानको उचित व्यवस्थापन गरे यहा धेरै अवसर पाइएने मन्त्री थापाले बताईन ।

रोजगारीको अवसर कसरी प्राप्त गर्न रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगारबारे कसरी जानकारी लिने भन्न्ने उदेश्यका साथ श्रमाधान रोजगार मेला आयोजना गरिएको मन्त्रालयले जनाएको छ । मेलामा १२ वटा सरकारी र २७ नीजि क्षेत्रका गरी ३७ वटा स्टलहरु रहेका छन् । यस्तै मेलामा रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्रको भुमिका,वर्तमान श्रम बजारमा सीप प्रमाणिकरण र पुर्व सिकाई मान्यताको भुमिका,अवको यात्रा योगदानमा आधारीत सामाजिक सुरक्षा, सुदुरपश्चिमका लागि नेपाली श्रम बजार किन यति सुदुर लगायत सात वटा सामुहिक छलफल तथा कार्यशाला पनि संचालन गरिदै छ ।

श्रमाधान मेला जेठ  १७ देखि कोशी  प्रदेशको विराटनगरबाट सुरु भई यही जेठ ३० गेत बाग्मती प्रदेशको ललितपुरमा समापन हुनेछ ।