NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ७ गते

६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम ६ असारमा हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग आगामी बिहीबार प्रश्नोत्तर कार्यक्रम तय गरिएको जानकारी शुक्रबारको प्रतिनिधिसभा बैठकमा गराएका हुन्।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रश्नोत्तरमा भाग लिनका लागि २ असारको ३ बजेभित्र प्रश्न बुझाउन सभामुख घिमिरेलेअनुरोध गरेका छन्।

नियमावलीअनुसार हरेक महिनाको पहिलो साताको कुनै बैठकमा पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन्छ। प्रश्नोत्तरका लागि तीन दिनअगावै संसद् सचिवालयमार्फत सांसदहरूले प्रधानमन्त्री कार्यालयलाई प्रश्न बुझाउँछन्।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा क्रमअनुसार समूह विभाजन गरेर प्रश्न सोध्ने व्यवस्था गरिएको छ। यसपटक समूह पाँचमा रहेका सांसदहरूले प्रश्न गर्न सक्नेछन्।