NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ११ गते

श्रममन्त्री अर्यालले सार्वजनिक गरे सय दिनको कार्यप्रगति, के-के हुन् ?

काठमाडाैं ।  श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पदबहालीपश्चात एक सय दिने कार्यप्रगति सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्यालले मन्त्रालयको जिम्वेवारी सम्हालेदेखिको एक सय दिनमा गरेका कार्यप्रगति सार्वजनिक गरेका हुन् ।

श्रमन्त्री अर्यालले मन्त्री भएपछि तत्काल गरेको सुधार एक घण्टामै श्रमस्वीकृति मिलाएको बताएका छन् । उनले श्रम स्वीकृतिको दैनिक कोटा हटाइ दुई सिप्टबाट बिहान सातबजेदेखि राति ९ बजेसम्म नै कार्य सञ्चालन गर्ने गरेको र वैदेशि रोजगार कार्यालय ताहाचालमा सेवाग्राही सहजीकरणको लागि हेल्प डेस्क सञ्चालनमा ल्याएको थियो ।

त्यसैगरी श्रमाधान अभियानअन्र्तगत आन्तारिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको गुनासो उजुरी र गुनासोहरुलाई सम्बोधन गर्न सूचना प्रविधिमा आधारित एकद्धवार प्रणाली स्थापना गरेको बताए । भर्खरै मात्रै मन्त्रालयकै नेतृत्वमा सातै प्रदेशमा श्रमाधान रोजगार मेला सम्पन्न भएको छ ।

यस्तै नीतिगत तथा कानुनी सुधारअन्तर्गत पूर्वप्रस्थान अभिमूखीकरणको लागि शुल्क वृद्धिसहितको व्यवस्था गर्न बन्न गरेको कार्यविधि खारेज भएको छ । त्यस्तै दक्ष तथा अर्धदक्ष कामदारको लागि अंग्रेजी भाषा अनिवार्य गर्ने सम्बन्धमा बनेको कार्यविधि पनि उनकै नेतृत्वमा खारेज भएकाे छ ।

यी हुन् मन्त्री अर्यालले १०० दिनमा गरेका कार्यप्रगतिको विवरण :