NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते

यशोदा फुड्सका ६० करोडभन्दा बढी उत्पादन विभिन्न मुलुकमा निर्यात

'कम्पनीले आफ्नो उत्पादनको गुणस्तरमा विशेष सजगता अपनाउँदै आएको छ'

काठमाडाैं । यशोदा फुड्स प्रालिले चालु आर्थिक वर्षमा ६० करोडभन्दा बढी उत्पादन विभिन्न मुलुकमा निर्यात गरेको छ । यशोदा फुड्सले आफ्नै देशमा नेपाली किसानहरुबाट उत्पादित अकवरे खुर्सानी, गुन्दु्रक, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदालगायतका विभिन्न कृषि उपज प्रयोग गरी नेपालमा नै अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गरी ठुलो धनराशी विदेश जानबाट रोकेको जनाएको छ । साथै कम्पनीले करीव १ हजार नेपालीलाई प्रत्क्षय रुपमा तथा सयौं डिलर बिक्रेतामार्फत अन्य हजारौं नेपालीहरुलाई रोजगारी दिलाउन सफल भएको बताएको छ ।

यशोदा फुड्सका उत्पादन स्वदेशसहितभारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरीका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटालीलगायतका देशहरुमा निर्यात हुँदै आएको छ । यशोदा फुड्सका अनुसार कम्पनीका उत्पादनहरु प्रयोगशाला परिक्षण गराई नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन गरी बजारमा पठाई रहेको छ ।

यशोदा फुड्सले आफ्नो उत्पादनको गुणस्तर (क्वालीटी) मा विशेष सजगता अपनाइ आएको जनाउँदै उद्योग स्वच्छ व्यापारीक प्रतिस्पर्धाबाट अगाडि बढ्न चाहेको र आम उपभोक्ताको भावनामा माथि खेलवाड नगरेको, गर्न नचाहेको तथा त्यस्ता तत्वहरु प्रति सचेत रहेको जनाएको छ ।

कम्पनीले विज्ञप्तिमार्फत भनेको छ, ‘उद्योगलाई बदनाम गराउन प्रायोजित रुपमा हुदै नभएको विषयलाई अतिरन्जीत तरिकाले प्रमाण बिना भ्रामक समाचार तयार गरी प्रसारण गर्नेहरु प्रति उद्योग सजग रहेको छ । हालैका दिनमा केही व्यक्तिहरुले सामाजिक सञ्जालको दूरुपयोग गरी कपोलकल्पीत समाचार बनाएको पाइएको प्रति उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मनोगढंत, कपोलकल्पीत र काल्पनीक कुराहरुको पछाडि नलागि यस उद्योगका उत्पादनहरुको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्न र बजारमा म्याद समाप्त भएका अर्थात उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न कम्पनीले आग्रह गरेको छ ।