बिवाईडी गाडीको कारोबारमा कर छलीको आशंका, राजश्व अनुसन्धानले छानविन अघि बढायो
काठमाडौं । चिनियाँ ब्रान्डको बिवाईडी गाडी आयात र बिक्रि गर्दै आएको कम्पनी साइमेक्स इंकले कर छली गरेको आशंकामा छानविन सुरु भएको छ । राजश्व अनुसन्धान विभागले कम्पनीबाट सबै कागजपत्र झिकाएर छानविन थालेको हो ।
उच्च क्षमताका गाडी आयात गर्दा कम क्षमताको भनेर नक्कली बिलबिजक पेश गरेको आशंकामा विभागले छानविन थालेको हो । प्रारम्भिक छानविनमा कैफियत देखिएपछि विस्तृत अनुसन्धान अघि बढाइएको विभागका महानिर्देशक चक्रबहादुर बुढाले बताएका छन् । साथै, कम्पनीले आयकर पनि छली गरेको उजुरी परेको छ ।
यसअघि भन्सार विभागले पनि प्रज्ञापनपत्रमा बिलमा रहेको भन्दा फरक विवरण राखेर कर छली गरेको भन्दै सो कम्पनीलाई जरिवाना तिराएको थियो ।
ताजा अपडेट
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते
-
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक ४ हजार
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने


प्रतिक्रिया