NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १४ गते

सबै सहकारीलाई खराब भन्न मिल्दैन : श्रममन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै सहकारीलाई नराम्रो भन्न नमिल्ने बताएका छन् । आइतबार ललितपुरमा आयोजित ‘प्रथम सहकारी रोजगार मेला’को समापन समारोहमा उनले सो बताएका हुन् ।

श्रममन्त्री अर्यालले भने ‘३१ हजारभन्दा बढी सहकारी संघसंस्थाहरू दर्ता भएर चलिरहेको अवस्था, ७३ लाखभन्दा बढी नेपाली नागरिग आवद्ध, चार खर्ब भन्दा बढी बचत  सहकारीमा छ । नेपालमा सहकारीको माध्यमबाट भएको विकास, रोजगारी र यस क्षेत्रले दिएको योगदान धेरै छ । साथै लाखौँ मानिसले रोजगारी पाएका छन् । पैसालाय कसरी परिचालन गर्न सकिन्छ भनेर सहकारीले सिकायो । सहकारीका कारण कति उद्यमी बनेका छन् । यस क्षेत्रमा सहकारीको आवश्यक छ ।’

केहि व्यक्तिले सहकारीमा नराम्रो काम गर्दैमा सबै सहकारीलाइ नराम्रो भन्न नमिल्ने मन्त्री अर्यालले बताए । उनले भने, ‘केहि मानिसहरु सहकारीको बदनाम गर्न लागिरहेका छन् । सहकारीको बदनाम गर्ने बित्तीकै सहकारी नराम्रो भन्ने खालको भाष्य स्थापना गर्न दिन हुँदैन । केहि व्यक्तिले सहकारीमा नराम्रो काम गर्दैमा सबै सहकारीलाइ नराम्रो भन्न मिल्दैन ।’

सहकारीले देशमा गरेको योगदानबारे बहस गर्नु पर्ने उनले सुझाव समेत दिए । सहकारीले भोलीका दिनमा कसरी काम गर्ने र सहकारीलाइ कसरी अब चलाउने भन्नेबारे चर्चा गर्न ढिला गर्न नहुने उनले बताए ।

श्रममन्त्री अर्यालले यो रोजगार मेलाले आम मानिसमा सूचना र सकारात्मक सन्देश दिएको उल्लेख गरे । अहिले केही सहकारीका सञ्चालक, केही व्यक्तिले बदनाम गरेको र गराउन खोजेपनि सहकारीले राम्रा काम गरेको उदाहरण दिएका छन् । सहकारीले पुर्याएको योगदान विर्सन नहुने उनको भनाइ थियो ।

उनले भने, ‘ गाउँका साना कृषकलाई बजारसम्मम ल्याउने वातावराण सहकारीले गरेको गरेको छ, सहकारीले साना गरिबीलाई उठाउनको लागि जुन योगदान गरेको छ,  त्यसबारे बोल्न किन डराइरहेका छौँ  ?’

अहिले एक जमात सहकारी ठगी गर्ने थलो भन्दै बहस गर्ने, अर्को बदनाम गराउन लागिपर्ने समूह मौलाएको औल्याउँदै सहकारीले के गरेको छ र भविष्यमा के गर्न सकिन्छ भनेर बहस चलाउनुपर्ने बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष