‘सडकदेखि सदनसम्म सहकारीको बहस चलेको छ’

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटाले सहकारीको बदनाम भएपछि संसदमा बहस चलेको बताएका छन् । प्रथम सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘सहकारीका बारेमा कहिले पनि चर्चा हुन सकेको थिएन । जब सहकारीको बदनाम भयो तब संसदमा बहस चल्यो ।’
त्यस्तै, अहिले सहकारीको चर्चा सडकदेखि संसदसम्म बहस चलेको उनले बताए । उनले भने, ‘सडकदेखि सदनसम्म सहकारीको बहस चलेको छ । तर, नकारात्मक कुरालाइ लिएर चर्चा धेरै चलेका छन् । छानविन समिति बन्नेसम्मको अवस्था समेत बन्न पुग्यो । यसले राम्रो पनि गरेको छ ।’
अस्तित्व भएका सहकारीमा सरकारको संलग्नता हुने समेत उनले आरोप लगाए । सहकारीप्रति सरकारको भूमिका स्पष्ट नभएको उनले बताए ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया