‘सडकदेखि सदनसम्म सहकारीको बहस चलेको छ’
काठमाडौं । राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटाले सहकारीको बदनाम भएपछि संसदमा बहस चलेको बताएका छन् । प्रथम सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘सहकारीका बारेमा कहिले पनि चर्चा हुन सकेको थिएन । जब सहकारीको बदनाम भयो तब संसदमा बहस चल्यो ।’
त्यस्तै, अहिले सहकारीको चर्चा सडकदेखि संसदसम्म बहस चलेको उनले बताए । उनले भने, ‘सडकदेखि सदनसम्म सहकारीको बहस चलेको छ । तर, नकारात्मक कुरालाइ लिएर चर्चा धेरै चलेका छन् । छानविन समिति बन्नेसम्मको अवस्था समेत बन्न पुग्यो । यसले राम्रो पनि गरेको छ ।’
अस्तित्व भएका सहकारीमा सरकारको संलग्नता हुने समेत उनले आरोप लगाए । सहकारीप्रति सरकारको भूमिका स्पष्ट नभएको उनले बताए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया