NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १४ गते

विकिलिक्सका संस्थापक असान्ज १९०१ दिनपछि रिहा

काठमाडौं । विकिलिक्सका संस्थापक लुजियन असान्ज बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी सेनाको गोप्य दस्तावेज सार्वजनिक गरिदिएको आरोपमा पक्राउ परेका उनी ५ वर्षपछि रिहा भएका हुन् ।

अमेरिकी प्रशासनसँगको सम्झौतापछि असान्जलाई जमानतमा रिहा गरिएको बिबिसी समाचारमा उल्लेख छ । तर त्यो सम्झौतामा के उल्लेख छ भन्ने कुरा सार्वजनिक भने गरिएको छैन ।

राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजातहरू चोरेर सार्वजनिक गरेको र त्यसमध्ये इराक र अफगानिस्तानसँग सम्बन्धित सूचनाले धेरैको ज्यान खतरामा परेको अमेरिकी आरोप छ । अमेरिकाको यस्तो आरोप सामना गरेर जेलमा बसेका ५२ वर्षीय असान्ज अमेरिकामा सुपुर्दगीको मुद्दामा आन्तरिक रूपमा लडिरहेका थिए ।

अदालतको पत्र अनुसार बेलायत छाडेर अब असान्ज अष्ट्रेलिया फर्कनेछन्।

विकिलिक्सले सोसल मिडियामा एक पोस्ट् गर्दै असान्ज १९०१ दिनपछि रिहा भएको जनाएको छ । विश्वव्यापी दबाब र राष्ट्र संघको आवाजले उनी रिहा भएको विकिलिक्सको निचोड छ ।

असान्जले सन् २०१० मा विकिलिक्स अनलाइनमा अमेरिकी सेनाका गोप्य दस्तावेजहरू सार्वजनिक गरेर गम्भीर खुलासा गरेका थिए । विश्वभरी तरंग मच्चाएको यो घटनापछि अमेरिका भने उनीसँग क्रुद्ध बनेका थियो ।

ताजा अपडेट

नेपालवाच विशेष