प्रहरीकै मिलेमतोमा भक्तपुरमा दुई करोड लुटपाट

भक्तपुरको दधिकोटमा प्रहरीकै मिलेमतोमा दुई करोड रुपैयाँ लुटिएको खुलेको छ । डिल्लीबहादुर राउतको घरबाट दुई करोड रुपैयाँ लुटपाट गर्ने हवल्दारसहित चार जनालाई प्रहरीले पक्रा गर िसार्वजनिक गरेको छ ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–२ का ३० वर्षीय सुजन रसाइली, ३१ वर्षीय भीमबहादुर तामाङ, ३८ वर्षीय कृष्णबहादुर बोहरा, ओखलढुंगाको मानेभञ्ज्याङका मुनाराज राईलाई पक्राउ गरेको हो । उनीहरुमध्ये बोहरा प्रहरी हवल्दार हुन् । उनीहरुले आफुहरु सिआइबीको प्रहरी हौं भनी गत ३ असारमा घरमा प्रवेश गरी खानतालासी गरेको नाटक गरी पैसा लुटेका थिए ।
राउतको घरमा पैसा रहेको सूचना उनको मामाबाट पाएर लुटपाट गरेको अनुसन्धानमा खुलेको छ । राउत वैदेशिक रोजगारीमा पठाउने व्यक्ति हुन् । योजनाकार रहेका पीडितका मामा भने फरार छन् ।
प्रतिक्रिया