भुसाललाई अध्यक्ष बनाउन सहमति गरेको छैन : झलनाथ खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सञ्चारमाध्यममा आएका ‘घनश्याम भुसाललाई पार्टी अध्यक्ष बनाउन आफू सहमत भएको’ व्यहोराको समाचार भ्रमणपूर्ण रहेको भन्दै खण्डन गरेका छन् ।
बुधबार खनालको सचिवालयले एक विज्ञप्ति जारी गर्दै यससम्बन्धी समाचारको खण्डन गरेको हो ।
विज्ञप्तिमा पार्टीका महासचिव घनश्याम भुसालसँगको आजको भेटवार्ता पार्टीका आन्तरिक समस्या समाधानका साथै समाजवादी कार्यक्रममाथि मात्रै केन्द्रित रहेको उल्लेख छ ।
खनालको सचिवालयले सञ्चारमाध्यमलाई सत्य, तथ्य र निष्पक्ष भएर समाचार प्रसारण गर्न पनि विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका साथै नयाँ नेतृत्व चयन गर्नेछ ।
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया