NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १५ गते

विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा आवेदन माग

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा दरखास्त माग गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतले बिहीबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दरखास्त मागेको हो ।

खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक चयन गर्न विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा २२ बमोजिम आवेदन माग गरिएको प्राधिकरणले जनाएको छ ।

आवेदन मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा गएर २१ दिनभित्र दिन सकिनेछ ।