NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १६ गते

युवा संघका उपाध्यक्ष गुन्डागर्दीमा सक्रिय, तीनपुस्ते नखुलेको भन्दै ‘उन्मुक्ति’

काठमाडौं । नेकपा एमालेनिकट युवा संघ नेपालका उपाध्यक्ष पुष्प श्रेष्ठ गुन्डागर्दीमा सक्रिय रहेको खुलेको छ । तर, तीन पुस्ते नखुलेको भन्दै प्रहरीले उनलाई जोगाएको छ ।
चेक च्यातेको आपराधिक लाभ मुद्दामा पक्राउ व्यक्तिहरुमाथि अनुसन्धान गर्दा श्रेष्ठ पनि त्यसमा संलग्न रहेको खुलेको थियो । श्रेष्ठको तीन पुस्ते नखुलेको भन्दै काठमाडौं प्रहरीले उनलाई जोगाएको छ ।
गोठाटारमा घर निर्माणको क्रममा निर्माण सामाग्री तथा मदजुरको ज्यालावापतको रकम नदिएको विषयमा श्रेष्ठ लगायतका व्यक्तिले चेक च्यात्ने तथा पीडितलाई धम्काएका थिए । जसमा प्रहरीले भिमबहादुर सुनार, विकास श्रेष्ठ र विनोद सुनारलाई पक्राउ गरी यही साता मुद्दा दायर गरेको छ । सो समूहमा श्रेष्ठ पनि रहेको अभियोगपत्रमा उल्लेख छ । उनको मोबाइल नम्बर समेत राखिएको छ । तर, तीनपुस्ते खुलेको समयमा मुद्दा चलाउने गरी उनलाई जोगाइएको स्रोत बताउँछ ।
अभियुक्त सुनारले गोठाटारमा सात तले कमर्सियल भवन बनाएका थिए । त्यस भवनमा लाग्ने निर्माण सामाग्री अर्जुन बहादुर कार्की र मदजुरको जिम्मा पासाङ तामाङले लिएका थिए । तर, पैसा दिएनन् । निर्माण सामाग्री र मजदुरका लागि दिएको चेक पनि बाउन्स भयो । एक करोड ३२ लाख ८५ हजार रुपैयाँ लिनुपर्नेमा चेक बाउन्स भएपछि गुन्डा लगाएर धम्काउँदै आएका थिए । सुनारले गत २ बैशाखमा उनीहरुलाई पैसा लिन प्रभागमा बोलाएर बाहिर छलफलमा जाने भन्दै चेक च्यातिदिएका थिए । त्यतीबेला श्रेष्ठ संलग्न हुनुका साथै धम्काउन समेत उनले फोन गरेका थिए । धम्काएको अडियो समेत प्रहरीमा पेश भएकोमा प्रहरीले दबाबको भरमा श्रेष्ठलाई जोगाएको हो । श्रेष्ठ यसअघि गुन्डागर्दी मुद्दामा पाँच पटक पक्राउ परिसकेका व्यक्ति हुन् ।