सैनिक महाविद्यालयको कक्षा ११ मा भर्ना खुल्यो, क–कसले दिन सक्छन् आवेदन

काठमाडौं । आठ सैनिक महाविद्यालयले कक्षा ११ मा भर्ना आह्वान गरेका छन् । एसइईको नतिजा प्रकाशित भएको भोलिपल्ट संयुक्त सूचना प्रकाशित गरेर ६ महाविद्यालयले भर्ना आह्वान गरेका हुन् ।
विद्यार्थी भर्ना आह्वान गरिएका महाविद्यालयहरूमा सैनिक आवासीय महाविद्यालय, भक्तपुर, सैनिक आवासीय महाविद्यालय, पोखरा, सैनिक आवासीय महाविद्यालय, धरान, सैनिक आवासीय महाविद्यालय, सुर्खेत, सैनिक आवासीय महाविद्यालय, कैलाली, सैनिक आवासीय महाविद्यालय, चितवन, विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय, विजेश्वरी काठमाडौं र रिपुमर्दिनी सैनिक महाविद्यालय, बाँसबारीमा भर्ना आह्वान गरिएको हो ।
सैनिक तथा गैरसैनिक दुवैतर्फका विद्यार्थीले असार १४ देखि २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लिखित प्रवेश परीक्षा ०८१ असार २९ गते सञ्चालन हुने सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
-
‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’ : रक्षामन्त्री राई
प्रतिक्रिया