श्रम मन्त्रालयद्वारा ८ जना उद्यमी सम्मानित
काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गर्ने ८ जना उद्यमीहरूलाई सम्मान गरेको छ । आइतबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर वैदेशिक रोजगारीबाट स्वदेश फर्केर नेपालमै केही उद्यम गरेका ८ जना उद्यमीहरूलाई उद्यमी राष्ट्र पुरस्कार र उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मान गरेको हो ।
मन्त्रालयले ७ जना उद्यमीलाई ७५ हजार रूपैयाँ बराबरको पुरूस्कार र एक जनालाई १ लाख ५० हजार बराबरको उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मानित गरेको छ ।
पुरूस्कारबाट सम्मानित हुनेहरूमा चन्द्रप्रसाद बस्नेत, रविलाल पन्थ, मोहनप्रसाद संग्रौला, टक्क बहादुर नेपाली, चन्द्र सिंह थापा, भुपेन्द्र शर्मा हुन् । उद्यमीहरूमध्ये चन्द्रप्रसाद बस्नेत उत्कृष्ट उद्यमी राष्ट्र पुरूस्कारबाट सम्मानित भएका छन् ।
पुरूस्कार कार्यविधिको दफा ६ बमोजिम न्युनतम सर्त पुरा भएका ५५ वटा आवेदकहरूको निर्धारित सूचकहरूको मूल्यांकन गरी योग्यताक्रममा निरीक्षण रोजगार सेवा केन्द्रका रोजगार संयोजकहरूबाट गराइएको श्रम मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया