एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ ।
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रिमोट चलाएर महाधिवेशनको उद्घाटन गरे। पाँच दिनसम्म चल्ने महाधिवेशनबाट दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गरिने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द, लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लालगायत नेताहरुको महाधिवेशनमा उपस्थिति रहेको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया