NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १९ गते

आठ जना मिलेर टोखामा २९ लाख चोरी

काठमाडौं । दिउँसोको समयमा उपत्यकामा चोरी गर्ने आठजनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू चोरीका सामानसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा गोरखाका विज्ञान घिमिरे, ओखलढुंगाका दीपक मगर, दीपेश मगर, ललितपुरका विजय विश्वकर्मा, रामेछापका सञ्जीव कार्की, तेह्रथुमका दिलबहादुर माझी, तनहुँका रुबिन पाण्डे क्षत्री र ललितपुरका राजु महर्जन छन् । उनीहरूबाट चोरी गरेका सुनका गहना बरामद भएको छ । उनीहरूले गत २४ जेठमा टोखा– ८ स्थित रामबहादुर थापाको घरमा कोही नभएको अवस्था मूलढोका फुटाएर २९ लाख ७५ हजारबराबरको धनमाल चोरी गरेका थिए ।

अनुसन्धानका क्रममा १३ असारमा टोखाकै भण्डारीटोलमा रोशनी तामाङको घरबाट १० लाख ८६ हजार रुपैयाँबराबरको धनमाल चोरी भएको खुलेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।