एमाले सचिवालय बैठक ३ बजे बस्ने

काठमाडौं । नेकपा एमालेले पनि सचिवालय बैठक बोलाएको छ । कांग्रेससँग भएको सत्तासहकार्य सम्बन्धी सम्झौतालाई अनुमोदन गर्न उसले सचिवालय बैठक आह्वान गरेको हो ।
कांग्रेससँगको सहमतिबारे छलफल गर्न मंगलबार दिउँसो ३ बजेका लागि पार्टी सचिवालय बैठक आह्वान गरिएको एमालेका एक नेताले बताए ।
नेकपा एमालेले मध्यराति माओवादीसँगको सहकार्य त्याग्दै कांग्रेससँग सत्तासाझेदारी गर्ने सहमति गरेको छ । सहमतिअनुसार अब पहिलो चरणमा एमाले र दोस्रो चरणमा कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्नेछन् । एमालेको यस्तो कदमसँगै देशको राजनीति तीव्र तरंगित भइरहेको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया