सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्न सर्वोच्चको आदेश
![सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्न सर्वोच्चको आदेश](http://nepalwatch.com/wp-content/uploads/2022/02/Nepal-Dhitopatra-Board.jpg)
काठमाडौ । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले आज रिटमाथिको सुनुवाइ गर्दै सरकारका नाममा उक्त आदेश जारी गरेको हो । सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै यही असार २१ गते दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको अदालतका प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।
अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले उक्त प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो । सोही नियुक्तिका लागि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने समितिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सरकारले उक्त प्रक्रिया रद्द गरी पुरानै सदस्यहरु रहने गरी अध्यक्ष नियुक्तिका लागि नयाँ समिति समेत गठन गरिसकेको छ ।
ताजा अपडेट
-
मुकुल ढकालको प्रतिवेदनले भन्छ-रास्वपा ‘डम्पिङ साइट’ भयो
-
गाजाको ९० प्रतिशत जनसङ्ख्या विस्थापित
-
मेयर, उपमेयर र प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
दीर्घकालीन असर पर्ने कुनै काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन
प्रतिक्रिया