NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २१ गते

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, एमालेसँगको सम्झौता अनुमोदन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

नेकपा एमालेसँग सत्ता सहकार्य गरेर अघि बढ्ने सहमति जुटेको भोलिपल्ट कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।

अहिले बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्ने बैठकमा एमालेसँग भएको सत्ता सहकार्यसम्बन्धी सहमतिबारे छलफल गरेर त्यसलाई अनुमोदन गर्ने कार्यसूची छ ।

कांग्रेस र एमालेबीच मंगलबार बिहान सत्ता सहकार्य गरेर अघि बढ्ने नयाँ सहमति बनेको छ । यस्तो सहमति लगत्तै एमाले र कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिएर नयाँ सरकारको गठनको वातावरण बनाइदिन आग्रह गरेका छन् । तर प्रचण्ड तत्काल राजीनामा नदिने बरु संसदमा विश्वासको मत सामना गर्ने मनस्थितिमा छन् ।