कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, एमालेसँगको सम्झौता अनुमोदन गर्ने
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
नेकपा एमालेसँग सत्ता सहकार्य गरेर अघि बढ्ने सहमति जुटेको भोलिपल्ट कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।
अहिले बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्ने बैठकमा एमालेसँग भएको सत्ता सहकार्यसम्बन्धी सहमतिबारे छलफल गरेर त्यसलाई अनुमोदन गर्ने कार्यसूची छ ।
कांग्रेस र एमालेबीच मंगलबार बिहान सत्ता सहकार्य गरेर अघि बढ्ने नयाँ सहमति बनेको छ । यस्तो सहमति लगत्तै एमाले र कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिएर नयाँ सरकारको गठनको वातावरण बनाइदिन आग्रह गरेका छन् । तर प्रचण्ड तत्काल राजीनामा नदिने बरु संसदमा विश्वासको मत सामना गर्ने मनस्थितिमा छन् ।
ताजा अपडेट
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने


प्रतिक्रिया