मुकुल ढकालका कारण रास्वपाको बैठकमा तनाव

काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक महामन्त्री मुकुल ढकालको कार्यशैली र व्यवहारमाथि केन्द्रीत भएको छ । उनले अनुशासनहीन र अराजक कार्यशैली देखाएको भन्दै कारबाहीको आवाज बलियो भएको छ ।
महामन्त्री ढकाल बैठकमा पट्टी लगाएर मात्र बसेनन् पत्रकारहरुसँग कुरा गर्दै रवि लामिछानेविरुद्ध व्यक्तिगत आरोप समेत लगाए । गृहमन्त्रीका रुपमा प्रहरी सरुवामा आइजिपीलाई डमी बनाएको तथा गेर्खा मिडियामा हुँदा अध्यक्ष जिबी राईमाथि आरोप लगाएको र अहिले आफुमाथि आरोप लगाएको बताए ।
बैठकले ढकालको प्रतिवेदन हावादारी भएको भन्दै अस्वीकृत समेत गरेको छ । साथै उनलाई निलम्बनको तयारी समेत गरिएको स्रोत बताउँछ ।
बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उपसभापति डा.स्वर्णिम वाग्लेले महामन्त्रीको कार्यशैली अराजक र अप्राकृतिक भएकाले कारबाही गर्नुपर्ने माग उठेको बताए ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया