मुकुल ढकालका कारण रास्वपाको बैठकमा तनाव
काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक महामन्त्री मुकुल ढकालको कार्यशैली र व्यवहारमाथि केन्द्रीत भएको छ । उनले अनुशासनहीन र अराजक कार्यशैली देखाएको भन्दै कारबाहीको आवाज बलियो भएको छ ।
महामन्त्री ढकाल बैठकमा पट्टी लगाएर मात्र बसेनन् पत्रकारहरुसँग कुरा गर्दै रवि लामिछानेविरुद्ध व्यक्तिगत आरोप समेत लगाए । गृहमन्त्रीका रुपमा प्रहरी सरुवामा आइजिपीलाई डमी बनाएको तथा गेर्खा मिडियामा हुँदा अध्यक्ष जिबी राईमाथि आरोप लगाएको र अहिले आफुमाथि आरोप लगाएको बताए ।
बैठकले ढकालको प्रतिवेदन हावादारी भएको भन्दै अस्वीकृत समेत गरेको छ । साथै उनलाई निलम्बनको तयारी समेत गरिएको स्रोत बताउँछ ।
बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उपसभापति डा.स्वर्णिम वाग्लेले महामन्त्रीको कार्यशैली अराजक र अप्राकृतिक भएकाले कारबाही गर्नुपर्ने माग उठेको बताए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया