NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते

स्रोत साधनको वितरणमा न्यायका लागि नेपालमा देखिएका चुनौती र समाधान

स्रोत साधनको वितरणमा न्यायका लागि नेपालमा देखिएका चुनौतीहरुको चर्चा गर्दै समाधानका लागि चाल्नुपर्ने उपायहरु बताउनुहोस् ।
उत्तर
स्रोत साधनको वितरणमा न्याय
स्रोत साधन र अवसरहरुको समानतापूर्वक र समतापूर्वक वितरण र स्थानीय श्रम, सीप, पूँजी, प्रविधीको न्यायोचित बाँडफाँड स्रोत साधनको वितरणमा न्याय हो ।
स्रोत साधनको वितरणमा न्यायका लागि गरिबी, असमानता, संक्रमणकाल र अविकासले पनि वाधा ब्यवधान पुर्याएको अवस्था छ ।
स्रोत साधनको वितरणमा न्यायका लागि देखिएका चुनौतीहरु
स्रोत साधनको वितरणमा न्यायका लागि देहायको क्षेत्रमा चुनौती पाउन सकिन्छ:
१) सेवा प्रवाह
  •  सीमित स्रोत साधनको असीमित आवश्यकता अनुरुप समन्यायिक वितरण गर्नु
  • गरिबीको अवस्था ज्यादा भएकोले गरिबी अन्त्य गर्नेगरी स्थानीय स्रोत साधनको उपलब्धता पुर्याउनु
  • One Door System बाट सबैलाई एकीकृत र गुणस्तरीय सेवा प्रवाह गर्नु ।
२)  विकास
  •  सबै भूगोल र क्षेत्रमा समन्यायिक र समतामूलक विकास गर्नु
  • वातावरणमैत्री विकासका क्रियाकलाप संचालन गर्नु
  • दिगो विकासका लक्ष्यको स्थानीयकरण गरी सोही अनुरुप कार्यन्वयन गर्नु ।
३) अन्य
  •  संक्रमणकालको अवस्थामा खाद्यान्न र उपभोगको सुनिश्चितता गर्नु
  • सबै क्षेत्रलाई पुग्ने गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नु
  • सन्तुलित रुपमा प्रादेशिक एवम् क्षेत्रीय विकास गर्नु
  • संघ, प्रदेश र स्थानीय तहमा स्रोत र साधनको कुशल र प्रभावकारी बाँडफाँड गर्नु
  • आर्थिक, सामाजिक, राजनीतिक लाभको समान बाँडफाँड गर्नु
  • सामाजिक सांस्कृतिक भातृत्व र एकता कायम राख्नु लगायत ।
चुनौती समाधानका लागि चालिनुपर्ने उपायहरु
  •  स्थानीय श्रम, सीप, पूँजी, प्रविधीको कुशल र प्रभावकारी परिचालन गर्ने
  • श्रोत साधनको सार्थकतापूर्ण र अर्थपूर्ण बाँडफाँड गर्ने
  • राजनीतिक, सामाजिक, आर्थिक लाभको सबै क्षेत्र तथा ठाँउमा समान हिस्सेदारी कायम राख्ने
  • वातावरणमैत्री विकासका क्रियाकलापहरु संचालन गर्ने
  • विश्वव्यापीकरणको स्थानीयकरणमा जोड दिने वा दिगो विकासका क्रियाकलापहरुको स्थानीयकरणमा जोड दिने
  • उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिने
  •  रोजगारीको अवसरहरु समान रुपमा सिर्जना गर्ने
  • एकद्धार प्रणालीबाट सेवा प्रवाह गरी सेवामा चुस्तता, शीघ्रता, गुणस्तरीयता र प्रभावकारिता कायम राख्ने
  • शिक्षा, स्वास्थ्य लगायत सामाजिक पूर्वाधारको क्षेत्रमा विकास बिस्तार गर्ने
  • जनसंख्या व्यवस्थापनलाई प्रभावकारी बनाउने
  • सामाजिक न्याय कायम राख्ने
  • सीमित स्रोत साधनको समतापूर्वक प्रयोग गर्ने वा अवसरको सुनिश्चितता प्रदान गर्ने
  • सबै भाषाभाषि, जातजाति, संस्कृति, धर्म, वर्ग, लिङ्ग, क्षेत्रको समान पहिचान, प्रभुत्व कायम गर्ने र सामाजिक सशक्तिकरण र समावेशीकरण प्रवर्द्धन गर्ने लगायत ।
अन्त्यमा,
स्रोत साधनको वितरणमा देखिएका समस्या तथा चुनौतीहरुको समाधान गरी जनताको Voice, Choice
र Right को सम्बोधन गर्न सकिन्छ । न्यायपूर्ण समाज निर्माण गरी Social Justice कायम गर्न सकिन्छ ।