NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ निष्काशन स्थगित

काठमाडाैं । रिलायन्स स्पिनिङ मिल्सको आइपीओ  तत्काल निष्काशन स्थगित गर्ने निर्णय भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) को आज बसेको बैठकको निर्णयले तत्काल आइपीओ निष्काशन स्थगित गर्ने निर्णय गरेको हो ।

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट असार २७ गतेदेखि आइपीओ निष्कासन गर्ने घोषणाा गरेको थियो।  कम्पनीले  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी गर्न लागिएको हो ।

कम्पनीले निष्कासनको अनुमति लिने क्रममा उच्च प्रतिसेयर आम्दानी देखाएर अहिले स्वीकृति प्राप्त गरिसकेपछि न्यून प्रतिसेयर आम्दानी प्रकाशित गरेको भन्दै चर्को आलोचना भएपछि बोर्डले तत्काल उक्त कम्पनीको आइपीओ निष्काशन स्थगित भएको जनाएको छ ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष