दक्षिण कोरियाको ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसङ्ख्या एक करोड भन्दा माथि

दक्षिण कोरिया । दक्षिण कोरियाको ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्या एक करोड नाघेको गृह मन्त्रालयले बिहीबार जनाएको छ ।
दक्षिण कोरियामा कूल जनसङ्ख्याको पाँच करोड १२ लाख ६९ हजारको १९.५१ प्रतिशत जनसङ्ख्या ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहको रहेको मन्त्रालयले पुष्टि गरेको छ ।
सन् २०१३ जनवरीमा ११.७९ प्रतिशत रहेको वृद्धवृद्धाको अनुपात सन् २०१७ जनवरीमा १३.६० प्रतिशत, सन् २०१९ डिसेम्बरमा १५.४८ प्रतिशत र सन् २०२२ अप्रिलमा १७.४५ प्रतिशत पुगेको छ ।
दक्षिण कोरिया ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका २० प्रतिशतभन्दा बढी जनसङ्ख्या भएको देशलाई सम्बोधन गर्ने अति वृद्ध समाजको नजिक पुगेको छ ।
यहाँ ६५ वर्ष वा सोभन्दा माथिका पुरुषको सङ्ख्या ४४ लाख २७ हजार ६८२ रहेको छ भने महिलाको सङ्ख्या ५५ लाख ७२ हजार ३८० रहेको छ ।
सियोल महानगरीय क्षेत्रमा बसोबास गर्ने वृद्धहरू ४४ लाख ९० हजार पुगेको छ भने नगरभन्दा बाहिरी क्षेत्रमा ५५ लाख १० हजार रहेका तथ्याङ्कले देखाएको छ ।
ताजा अपडेट
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
-
बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
-
कान्ति लोकपथको ‘डाइभर्सन’ बग्यो, आवागमन अवरुद्ध
प्रतिक्रिया