चार लाख घुससहित दुई कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ४ लाख १२ हजार रूपैयाँ घुस रकमसहित दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कृषि प्राविधिक घुससहित रंगेहात पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा अधिकृत मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामी छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई कर्मचारी घुससहित पक्राउ परेको पुष्टि गर्दै उनीहरूको साथबाट ४८ लाख १० हजारका चेकसमेत बरामद गरेको जनाएको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया