आज कस्तो छ सुुनचाँदीको बजार भाउ ?
काठमाडौं । सुनको मूल्य आज प्रतितोला रु एक हजार तीन सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो ।
त्यस्तै शुक्रबार प्रतितोला रु एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ ।
चाँदीको मूल्य भने आज प्रतितोला २० रूपैँयाले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार आठ सय १० निर्धारण भएको छ ।
ताजा अपडेट
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते
-
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक ४ हजार
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने


प्रतिक्रिया