पाँच प्रदेशमा आज भारी वर्ष, जानसक्छ बाढी र पहिरो

काठमाडौं । पाँच प्रदेशमा सोमबार भारी वर्षाको आकलन गरिएको छ । विभिन्न स्थानमा भारी वर्षाको आकलन गरेको महाशाखाले बाढी र पहिरोको जोखिम औंल्याउँदै सतर्क रहन सुझाएको छ ।
मौसमपूर्वानुमान महाशाखाले नियमित मौसमी बुलेटिन सार्वजनिक गर्दै देशका पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान गरेको हो ।
महाशाखाका अनुसार, सोमबार दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा तथा राति लुम्बिनी, सुदूरपश्चिमका थोरै स्थान एवं कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यी प्रदेशका अन्य स्थानमा भने मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही गण्डकी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
अहिले देशभर मौसमी प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।
प्रतिक्रिया