NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३ गते

यी तीन प्रदेशमा आज भारी वर्षा हुने

काठमाडौं । तीन प्रदेशमा आज भारी वर्षा हुने अनुमान गरिएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मंगलबार भारी वर्षा हुने आकलन गरिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको मौसम बुलेटिनअनुसार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

‘ गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने भएकाले महाशाखाले सम्भावित बाढी र पहिरोको जोखिमबाट बच्न सबैमा अनुरोध गरेको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेशमा मंगलबार राति पनि भारी वर्षाको सम्भावना छ ।

देशको मौसममा यतिबेला मनसुनी वायुको प्रभाव रहेकोमा यसको न्यून चापीय रेखा सरदर स्थान आसपास छ। मौसमको यही प्रणालीका कारण पानी परिरहेको छ । मंगलबार बिहान मात्रै काठमाडौं उपत्यकामा भारी वर्षा भएको थियो ।