सन् २०२३ मा दक्षिण कोरियाको कुल जनसङ्ख्यामा वृद्धि
दक्षिण कोरिया । सन् २०२३ मा विदेशी नागरिकको दक्षिण कोरिया प्रवेशमा दोहोरो अङ्कको वृद्धिका कारण दक्षिण कोरियाको कुल जनसङ्ख्यामा सुधार देखिएको यहाँको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
सन् २०२३ को जनगणनाअनुसार गत वर्षको नोभेम्बर १ मा कुल जनसङ्ख्या ०.२ प्रतिशत अर्थात् ८२ हजार थपिएर पाँच करोड १७ लाख ७५ हजार पुगेको छ ।
कम्तीमा तीन महिना दक्षिण कोरिया बसेका विदेशी नागरिकको सङ्ख्या १०.४ प्रतिशतले बढेर १९ लाख ३५ हजार पुगेको छ । कोभिड–१९ को महामारीपछि सरकारले विदेशीका लागि कामका लागि भिसा कार्यक्रम विस्तार गरेपछि गत वर्ष दक्षिण कोरियामा धेरै विदेशी आएका थिए ।
गत वर्ष वृद्ध जनसङ्ख्याका कारण न्यून जन्मदर भएको र स्थानीय बासिन्दाको सङ्ख्यामा ०.२ प्रतिशतले घटेर चार करोड ९८ लाख ३९ हजारमा झरेको थियो ।
आवासको उच्च मूल्य र हठी बेरोजगारीजस्ता आर्थिक कठिनाइका कारण युवा दम्पतीले बच्चा जन्माउन ढिला सुस्ती गर्ने वा बच्चा जन्माउन छोड्ने गरेका कारण दक्षिण कोरियाले लामो समयदेखि कम जन्मदरको समस्यासँग जुधिरहेको छ ।
सन् २०२३ मा १५ देखि ६४ वर्ष उमेर समूहका कामकाजी उमेर समूहको जनसङ्ख्या ०.४ प्रतिशतले घटेर तीन करोड ६५ लाख ४६ हजार मा झरेको छ र यो जुन कुल जनसङ्ख्याको ७०.६ प्रतिशत हो ।
सन् २०१८ देखि काम गर्ने उमेर समूहको जनसङ्ख्याको अनुपात निरन्तर घट्दै गएको छ । गत वर्ष ६५ वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धाको सङ्ख्या ५.१ प्रतिशतले बढेर ९६ लाख नौ हजार पुगेको थियो भने १४ वर्ष वा सोभन्दा कम उमेरसमूहका वृद्धवृद्धाको सङ्ख्या ४.१ प्रतिशतले घटेर ५६ लाख १९ हजारमा झरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया