सिआइबीका प्रमुख ज्ञवालीलाई हटाइयो
काठमाडौैं । सरकारले सिआइबीका प्रमुख श्यामलाल ज्ञवालीलाई चार महिनामै हटाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको प्रदेश समन्वय विभागमा सरुवा गरेको हो ।
ज्ञवालीमाथि चेन अफ कमाण्ड नमानेको आरोप छ । तत्कालिन गृहमन्त्री रवि लामिछानेसँग मिलेर आरजु राणालाई पक्राउ गर्न खोजेको र आइजिपीलाई बाइपास गरेको आरोप उनीमाथि छ । सोही विषयमा छानविन समेत गरिएको छ ।
त्यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एआइजी किरण बज्राचार्यको सरुवा भएको छ । सिआइबीमा दिपक थापालाई पठाइएको छ ।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई गोप्य रुपमा पक्राउ गरी ठूला नेतालाई समेत अनुसन्धानमा तान्ने प्रयास गरेको भन्दै डिआइजी मनोज केसीलाई हटाइएको थियो ।
प्रतिक्रिया